गृहपृष्ठ


चितवनमा व्यवसायीक रुपमा होटल व्यवसाय संचालन हुन थालेपछि बिस्तारै बिस्तारै पर्यटन व्यवसायको पनि विकास हुन थालेको हो । वास्तवमा पर्यटन भनेको आन्तरिक तथा बाह्य पर्यटकहरुद्वारा कुनै एक निश्चित ठाउंको भ्रमण गर्ने कुरालाई बुझिन्छ । विशेषगरी चितवनको सौराहा क्षेत्र पर्यटकीय दृष्टिले विकसित हुंदै गएपछि उक्त क्षेत्रमा पर्यटकहरुलाई खाने र बस्ने सुविधा प्राप्त गर्न होटलहरु स्थापना हुन थालेका छन् । पहिले सामान्य गुन्द्रीबाट शुरु भएका होटल एवं लजहरु अहिले समय अनुसार विकसित हुंदै गएका छन् । प्रायगरी पर्यटन व्यवसायीसग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय भनेको होटल व्यवसाय हो । सम्पूर्ण होटल व्यवसायीहरु आफ्नो व्यवसाय प्रवद्र्धन एवं पर्यटक आगमनमा वृद्धि गर्न पर्यटन व्यवसाय शुरु गरेका हुन् । पर्यटन प्रवद्र्धन गर्न सके पर्यटक बढ्नुका साथै आयआर्जनमा वृद्धि हुने हुंदा होटल व्यवसायी एवं संरक्षणप्रेमीहरुको संयुक्त पहलमा औपचारिक रुपमा चितवन पर्यटन विकास समितिको स्थापना गरिएको हो । सौराहा लगायत चितवनका विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकको संख्या बढ्दै गएपछि पर्यटकहरुको चितवन बसाई सहज र सुविधाजनक बनाई पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन विकास समिति स्थापना गरियो ।

जिल्ला विकास समिति चितवनको अगुवाई र होटल व्यवसायीहरुको सक्रियतामा वि।सं। २०५७ सालमा चितवन पर्यटन विकास स्थापना गरिएको हो । समितिको स्थापनापछि चितवनको पर्यटन प्रवद्र्धनमा सहजता भएको छ । समितिले विभिन्न पर्यटकीय गन्तव्यहरुको उजागार गरी उक्त ठाउ“को प्रवद्र्धन गर्न टेवा पु¥याएको छ । समितिमा प्रयाप्त स्रोत साधन हुन नसक्दा सोचे अनुरुप काम गर्न सकिएको छैन ।