थारु संग्रहालय

tharu museumचितवनको पर्यटन र थारु जाति एक अर्का का परिपुरक जस्तै मानिन्छन् । चितवनका आदिवासी यी थारु जातिको संस्कृतिले विदेशी पर्यटकहरुलाई त आकर्षण गरेको छ नै स्वदेशी पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । थारुजातिको लठ्ठी नाच, झम्टा नाचले चितवन आउने पर्यटकहरु जो सुकैलाई पनि लोभ्याउने गर्दछ । थारु जातिका कला,संस्कृति र रहनसहन झल्कने बस्तुहरु थारु संग्रहालयमा देख्न पाइन्छ । पूर्वी चितवनको बछौली र पश्चिम चितवनको मेघौलीमा रहेको थारु संग्रहालय पनि पर्यटकिय गन्तव्यको महत्वपूर्ण पाटो बनेको छ । थारु जातिका पहिरन, उनीहरुले प्रयोग गर्ने बस्तुहरु आकर्षणका केन्द्र बनेका छन् ।