जैविक विविधता सुचना केन्द्र

पूर्व पश्चिम सडक खण्डको टिकौली जंगल संग जोडिएको जैविक विविधता सुचना केन्द्र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटन संग सरोकार राख्न निकायहरुले ध्यान नदिदा सो सुचना केन्द्र ओझेलमा परेको हो । सुचना केन्द्रमा विभिन्न लोपोन्मुख जंगलीजनावरहरुको अस्थिपञ्जर संरक्षण गरेर राखिएको छ । राजमार्ग संग जोडिएको यस सुचना केन्द्रमा अति बहुमुल्य जंगली जनावरहरुका अस्थिपञ्जर संरक्षण गरिएपनि हेर्न आउने पर्यटकहरुको बृद्धि हुन सकेको छैन । विभिन्न प्रजातिका चराचुरुगींहरुको बारेमा यस केन्द्रमा जानकारी पाउन सकिन्छ । भने एकसिंगे गैंडाको खाग, हात्तिका दाह, पाटे बाघका नंग्रा छाला तथा विभिन्न प्रजातिका अजिंगरहरु देख्न पाइन्छ । त्यस्तै पर्यटकिय नगरी सौराहामा रहेको अखेटोपहारमा पनि जैविविक विविधता झल्कने बस्तुहरु देख्न सकिन्छ । चितवनमा पाइने अनुपम जैविक विविधताको संरक्षण संम्बद्र्धन गर्न सके पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्नुका साथै यसबाट पनि प्रशस्त आम्दानी पनि गर्न सकिन्छ ।