पवित्र तिर्थस्थल देवघाटधाम देखि गोलाघाट, त्रिवेणीधाम हुंदै बाल्मिकी आश्रम सम्म जलमार्गको विकास गर्नका लागि सम्भाव्य अध्ययन अवलोकन. . . .

raftingचितवनमा रहेका थुप्रै पर्यटकिय सम्भावनाहरु मध्ये जलयात्रा पनि एक महत्वपुर्ण पर्यटकिय सम्भावनाको  एउटा पाटो बनेको छ । पवित्र तिर्थस्थल देवघाटधाम देखि गोलाघाट, त्रिवेणीधाम हुंदै बाल्मिकी आश्रम सम्म जलमार्गको विकास गर्नका लागि सम्भाव्य अध्ययन अवलोकन गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन र आन्तरीक तथा बाहिय पर्यटकहरु भित्रयाउन नारायणी नदि जलमार्ग अझै प्रभावकारी बन्नेमा कसैको दुइमत छैन । जलयात्रा मार्फत नदिमा पाइने जलचर प्राणीहरु, नदि वरीपरीको सुन्दर र मनोरम वातावरण तथा गोलाघाटबाट सुर्यास्तको दृष्य अवलोकनबाट पर्यटकहरु भरपुर मनोरञ्जन लिन सक्नेछन् ।