चितवन राष्टिय निकुञ्जको मुख्य प्रवेशद्वार नजिकै रहेको, पर्यटकिय सम्भावना बोकेको सितामाई प्रचार प्रसारको अभावमा ओझेलमा. . .

पश्चिम चितवनका प्रमुख पर्यटकिय सम्भावना भएका स्थलहरुको  पर्यटन संग सरोकार राख्ने एक टोलीले अध्ययन भ्रमण गरेको छ । त्यस क्षेत्रका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले सो भ्रमण गरिएको हो । भ्रमणका क्रममा त्यस क्षेत्रका पर्यटकिय सम्भावना भएका सम्भाव्य स्थलहरुको बारेमा सरोकारवालाहरु संग भ्रमण टोलीले छलफल समेत गरेको थियो । जगतपुर गाविस वडा नं। २ स्थित टाइगर ल्याण्ड सफारी रिसोर्टबाट शुरु भएको कार्यक्रम सोहि रिसोर्ट नजिकैको बेलहट मध्यवर्ति सामुदायिक वनको परिसरमा पुगी अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सामुदायिक वनका अध्यक्ष लाल बहादुर दवाडीले चितवन राष्टिय संगै जोडिएका जुन सुकै सामुदायिक वनहरुमा विभिन्न किसिमका जंगली जनावरहरु देख्न सकिने भए पनि प्रचार प्रसारको अभावमा पर्यटकिय सम्भावना ओझेलमा परेको बताउनु भयो । कार्यक्रममा अध्यक्ष दवाडीले आफ्नो सामुदायिक वनमा भएका आर्थिक तथा प्राविधिक प्रगतिको बारेमा भ्रमणमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तैगरी कार्यक्रम चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले थुप्रै  पर्यटकिय सम्भावना बोकेर पनि ओझेलमा परेको यसको सामुदायिक वनको प्रचार प्रसारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।  भ्रमण टोलीले चितवन राष्टिय निकुञ्ज भित्र रहेको ऐतिहासिक धार्मिक स्थल विक्रम बाबामा लाग्ने मेलाको पनि भ्रमण गरेको थियो । सो अवसरमा घैलाघारी सामुदायिक वनका पदाधिकारीहरुले भ्रमण टोलीलाई स्वागत गर्दै यस मेलाले आन्तरीक पर्यटन प्रवद्र्धनमा पुरयाएको टेवाबारे जानकारी गराएका थिए । त्यस्तै गरी भ्रमण टोलीले चितवन राष्टिय निकुञ्जको मुख्य प्रवेशद्धार घटगांई संगै रहेको ऐतिहासिक धार्मिक पर्यटकिय स्थल सितामाई देवालय स्थलको पनि भ्रमण गरेको थियो । टोलीले सितामाइ देवालय स्थल समितिले निर्माण गरेको भ्यु टावरमाथी गई पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल समेत गरेको थियो ।  छलफलमा यस क्षेत्र पनि पर्यटकिय सम्भावना हुंदा हुंदै पनि प्रचार प्रसार हुनसक्दा ओझेलमा परेको समितिका सचिव पदम घिमिरेले जानकारी दिनुभएको थियो । सोही अवसरमा पटिहानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टले यस क्षेत्रको पर्यटन प्रवद्र्धनलाई दिगो वनाउन आफुहरुले पटिहानी पर्यटन महोत्सवको आयोजना गरेको र महोत्सव पछि यस क्षेत्रमा आन्तरीक पर्यटनमा वृद्धि भएको बताउनु भयो । त्यस्तै पटिहानी पर्यटन विकास समितिका सचिव साजन महतोले यस क्षेत्रका सम्पूर्ण पर्यटन व्यवसायी र पर्यटन संग सरोकार राख्ने सवैलाई एकै साथ अघि लिएर जाने प्रतिवद्धता व्यक्त गर्नु भयो । भ्रमणमा पत्रकार,  नेपाल पत्रकार महासंघका अध्यक्ष जनक अर्याल, चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनाली, रोटरी करुणालय वृद्धाश्रम देवघाटका कोषाध्यक्ष ऋषि न्यौपाने, लगायतको सहभागीता रहेको थियो । भने चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदी र कार्यसमिति सदस्य सुदिप ओस्तिले भ्रमणको संयोजन गर्नु भएको थियो ।