सौराहा


sarurahaआन्तरीक तथा बाहिय पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुपमा परिचित छ । भरतपुरदेखि करिव १८ किलोमिटर पूर्व–दक्षिण अवस्थित यस क्षेत्रमा बाघमारा सामुदायिक वन तथा निकुञ्जमा हात्तीसयर, राप्ती नदिमा हात्तिसँगै नुहाउने एवम् डुगांसयर, थारु सांस्कृतिक संग्राहलय तथा जैविक सूचना केन्द्र अवलोकन, हात्ती प्रजनन केन्द्र एवम् गाउँ भ्रमण जस्ता क्रियाकलापहरुबाट पर्यटकहरुले मनोरञ्जन प्राप्त गर्छन् । सौराहा क्षेत्रमा आउने पर्यटकहरुलाई जिल्लाका अन्य गन्तव्य स्थलमा पु¥याउन सके पर्यटकको बसाई अवधि वृद्धि भई समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।