एक सिंगे गैंडाको बासस्थान भनेर चिनिने चितवन यहां रहेको चितवन राष्ट्रिय निकुञ्ज र यस वरपरका सामुदायिक वनहरुमा पाइने अन्य दुलर्भ वन्यजन्तुहरुका कारण पनि उत्तिकै परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र पाइने, पाटेबाघ, लगुना, गौरी गाई, मृग, भालु लगायतका जंगली जनावर, निकुञ्ज भित्र रहेको घडियाल गोही प्रजनन केन्द्र, र विभिन्न किसीमका किराफटेगं्रा, चराचुरुगीं हेर्न वर्षेनी हजारौ स्वदेशी तथा विदेशी पर्यटकहरुको आइरो लाग्ने गर्दछ । नेपालकै पुरानो र ठुलो चितवन राष्ट्रिय निकुञ्जमा पाइने यीनै दुर्लभ वन्यजन्तु, जैविक विविधताले चितवनको वन्यजन्तु पर्यटनको सम्भावनालाई अझै विस्तार गरेको छ । विश्व सम्पदा सुचीमा समेत सुचिकृत यस निकुञ्ज भित्र रहेका ठुला घांसे मैदान, सिमसारक्षेत्र, ताल र यहां पाइने चराहरुको चिरविर आवाजले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । त्यसमा पनि हात्तीमाथी चढेर जंगल घुम्न पाइने हुनाले निकुञ्ज भित्रका जंगली जनावर हेर्न झनै सजिलो भएको छ । जसले गर्दा पर्यटकको संख्यामा बृद्धि भएको देखिन्छ ।

 

 

२ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहका नाती शत्रुभञ्जन शाहबाट निर्माण गरिएको उपरदागंगढी चितवन जिल्लाको सवैभन्दा महत्वपुर्ण ऐतिहासीक स्थल हो । यो गढी चितवनको पुरानो सदरमुकाम पनि हो । चितवनमा रहेका ऐतिहासिक स्थलहरु मध्ये पवित्रतिर्थस्थल देवघाटधाम, वालमिकि आश्रम, कविलासपुरगढी,बागेश्वरी,चिसापानीगढी, सोमेश्वरगढी र पाण्डवनगर लगायतका स्थलहरु पनि ऐतिहासिक स्थलहरु हुन् ।

 

पर्यावरणीय पर्यटनको केन्द्र विन्दु चितवन राष्ट्रिय निकुञ्ज जुन जैविक विविधताले सम्पन्न निकुञ्जको रुपमा परिचित छ  यस निकुञ्ज र वरीपरीका सामुदायिक वनहरुमा पाइने एक सिंगे गैंडा र दुलर्भ वन्यजन्तुले यस निकुञ्जको गरिमालाई निकै उंचो बनाएको छ ।  यस निकुञ्ज भित्र रहेका सिमसार क्षेत्रमा साइवेरीया लगायत दक्षिण एशियाली मुलुकहरुबाट ५ सय ७० किसिमका चराहरु आउने गरेको छ भने निकुञ्ज लगायतका जंगलहरुमा  १ सय ६५ जातका वनस्पति, जडिबुटी पाइन्छ ।  निकुञ्ज भित्र रहेका तालहरु र  चितवनका  नदिहरुमा १ सय २६ जातिका माछाहरु पाइन्छ । निकुञ्जमा ४३ किसीमका महत्वपूर्ण जनावरहरु,  ५६ जातिका स्तनधारी र १ सय ५० जातका पुतलीहरु पाइन्छन् । प्रकृति र समाज विचको सम्बन्धीत रुप पर्यायावरणीय पर्यटनले प्रकृति र समाजमा प्रतिकुल प्रभाव पार्न बाट जोगाउन मद्दत गरेको हुन्छ  ।

 

 

चितवनमा रहेका पर्यटकिय सम्भावनाहरु मध्ये धार्मिक पर्यटन पनि एक हो । ऐतिहासिक पवित्र तिर्थस्थल देवघाट,  द्धापरयुगमा सीता पाताल प्रवेश गरेको

जन विश्वास रहेको वाल्मिकी आश्रम, मौलाकालिका मन्दिर, सोमश्वर कालिका, सोमेश्वर पर्वतको पश्चिम तर्फको शिखरमा रहेको गोद्धक परशुराम कुण्ड लगायतका धार्मिक स्थलहरुको प्रचार प्रसार उचित विकास गर्न सके चितवनमा धार्मिक पर्यटनको विकास हुने प्रवल सम्भावना देखिन्छ ।

 

सांस्कृतिक पर्यटन

विभिन्न जातजाति र भाषा भाषीका मानिसहरुको बसोबास रहेको चितवनमा जातिय भेषभुषा झल्कने नाच र झांकीहरुले चितवन आउने जो कोहीलाई पनि लोभ्याउने गरेको छ । थारु जतिका लठ्ठी नाच, झम्टा नाच होस् या अन्य जातिका कौडा नाच, सवै किसीमका नाचले चितवन हेर्न आउनेहरुलाई निकै मनोरञ्जन दिने गर्दछ । फरक फरक समुदायका धर्म, भाषा, साहित्य, पेशा, कला, चाडपर्व, बाजागाजा, गीत, लोपोन्मुजातिका रहनसहन, भेषभुषा र परम्परालाई दिगो वनाउन सके चितवनमा सांस्कृतिक पर्यटन विकासलाई  माथि उकास्न सकिन्छ ।

 

 

आन्तरीक तथा बाहिय पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु सांस्कृतिक संग्रहालय, ग्रामिण क्षेत्रमा फष्टाउंदै गएको होम स्टे, नमुना गाउं, विभिन्न जातजातिका सांस्कृतिक रहनसहनले ग्रामिण पर्यटन विकासलाई ठुलै टेवा पुरयाएको छ ।

थारु संग्रहालय

tharu museumचितवनको पर्यटन र थारु जाति एक अर्का का परिपुरक जस्तै मानिन्छन् । चितवनका आदिवासी यी थारु जातिको संस्कृतिले विदेशी पर्यटकहरुलाई त आकर्षण गरेको छ नै स्वदेशी पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । थारुजातिको लठ्ठी नाच, झम्टा नाचले चितवन आउने पर्यटकहरु जो सुकैलाई पनि लोभ्याउने गर्दछ । थारु जातिका कला,संस्कृति र रहनसहन झल्कने बस्तुहरु थारु संग्रहालयमा देख्न पाइन्छ । पूर्वी चितवनको बछौली र पश्चिम चितवनको मेघौलीमा रहेको थारु संग्रहालय पनि पर्यटकिय गन्तव्यको महत्वपूर्ण पाटो बनेको छ । थारु जातिका पहिरन, उनीहरुले प्रयोग गर्ने बस्तुहरु आकर्षणका केन्द्र बनेका छन् ।

हाम्रो बारेमा



 

 

चितवन पर्यटन विकास समिति

भरतपुर, चितवन

फोन नं. : ०५६५२७७९८

इमेलः info@ctdc.org.np

 

 

पर्यटन गतिविधी

चितवन राष्टिय निकुञ्जको मुख्य प्रवेशद्वार नजिकै रहेको, पर्यटकिय सम्भावना बोकेको सितामाई प्रचार प्रसारको अभावमा ओझेलमा. . .

बाँकी अशं

जलमार्ग

पवित्र तिर्थस्थल देवघाटधाम देखि गोलाघाट, त्रिवेणीधाम हुंदै बाल्मिकी आश्रम सम्म जलमार्गको विकासका लागि सम्भाव्य अध्ययन अवलोकन

बाँकी अशं

जैविक विविधता सुचना

टिकौली जंगल संग जोडिएको जैविक विविधता सुचना केन्द्र प्रचार प्रसारको अभावमा ओझेलमा. . .

बाँकी अशं

थारु संग्रहालय

थारु जातिका कला,संस्कृति र रहनसहन झल्कने बस्तुहरु थारु संग्रहालयमा देख्न पाइन्छ ।. . .

बाँकी अशं

Site Login