अध्यक्ष संगको कुराकानी

dillipचितवनको पर्यटन प्रवद्र्धनको लागि गठित चितवन पर्यटन विकास समितिको अध्यक्षमा हाल दिलिप मैनाली हुनुहुन्छ । वि.सं. २०१३ साल धादिङको गजुरीमा जन्मनु भएका मैनाली परिवारको साथमा ०१७ सालमा चितवन आउनु भएको थियो । जेपी हाइ स्कूल क्षेत्रपार्टी, काठमाण्डौंबाट वि.सं. २०३० सालमा एसएलसी पास गर्नुभएका मैनालीले काठमाण्डौंकै सरस्वती कलेजबाट आई.कम. र शंकरदेव क्याम्पसबाट वि.कम. पास गर्नुभएको हो । वि.कम. पढाईको क्रममा एकजना होटल व्यवसायीसाथीसंग चिनजान भएपछि मैनालीले स्नातक सक्ने बित्तिकै चितवन आएर होटल व्यवसाय शुरु गर्नुभयो । होटल व्यवसाय पर्यटनको एक महत्वपूर्ण पाटो हो । आन्तरिक तथा बाह्य पर्यटकहरु चितवन आउंदा सर्वप्रथम खाना खाने र बास बस्ने ठाउं (होटल) को आवश्यकता पर्दछ । परिवर्तनसंगै चितवन एक महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा विकास हुंदै गयो र पर्यटन एवं होटल व्यवसायीहरु संगठित हुंदै पर्यटन प्रवद्र्धनतर्फ लाग्न थाले ।  समितिका अध्यक्ष  मैनालीसंग पत्रकार सन्तोष देवकोटाले गरेको कुराकानी ः

प्रश्न ः होटल व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?

उत्तर ः म काठमाण्डौंमा वि.कम. पढ्दै गर्दा काठमाण्डौंकै एक होटल व्यवसायीसंग चिनजान भयो । त्यतिबेला मैले यो व्यवसायको बारेमा धेरै बुझ्ने मौका पाए । होटल व्यवसाय र पर्यटनको बारेमा केही बुझेपछि म त्यसतर्फ आर्कषित भए । वि.कम. सक्ने बित्तिकै चितवन आएर मैले २०३७ सालबाट होटल चितवन प्रा.लि. संचालन गरेको थिए । व्यवसायमा समय बित्दै गएपछि २०४६ सालमा कि म्यान ग्रुपसंग मिलेर काम शुरु गरें म उक्त गु्रपको कार्यकारी निर्देशक थिए“ । गु्रपले सौराहा, पोखरा, गोरखा, नगरकोट, काठमाण्डौंलगायतका ठाउंमा भान्सा घरदेखि अपार्टमेन्ट सम्म संचालन गथ्र्यो । होटल संचालनको क्रममा मैले होटल म्यानेजमेन्ट टे«निङ लिइसकेको छु ।

प्रश्न ः चितवन पर्यटन विकास समितिको स्थापना कसरी भयो ?

उत्तर ः चितवनमा व्यवसायीक रुपमा होटल व्यवसाय संचालन हुन थालेपछि बिस्तारै बिस्तारै पर्यटन व्यवसायको पनि विकास हुन थालेको हो । वास्तवमा पर्यटन भनेको आन्तरिक तथा बाह्य पर्यटकहरुद्वारा कुनै एक निश्चित ठाउंको भ्रमण गर्ने कुरालाई बुझिन्छ । विशेषगरी चितवनको सौराहा क्षेत्र पर्यटकीय दृष्टिले विकसित हुंदै गएपछि उक्त क्षेत्रमा पर्यटकहरुलाई खाने र बस्ने सुविधा प्राप्त गर्न होटलहरु स्थापना हुन थालेका छन् । पहिले सामान्य गुन्द्रीबाट शुरु भएका होटल एवं लजहरु अहिले समय अनुसार विकसित हुंदै गएका छन् । प्रायगरी पर्यटन व्यवसायीस“ग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय भनेको होटल व्यवसाय हो । सम्पूर्ण होटल व्यवसायीहरु आफ्नो व्यवसाय प्रवद्र्धन एवं पर्यटक आगमनमा वृद्धि गर्न पर्यटन व्यवसाय शुरु गरेका हुन् । पर्यटन प्रवद्र्धन गर्न सके पर्यटक बढ्नुका साथै आयआर्जनमा वृद्धि हुने हुंदा होटल व्यवसायी एवं संरक्षणप्रेमीहरुको संयुक्त पहलमा औपचारिक रुपमा चितवन पर्यटन विकास समितिको स्थापना गरिएको हो । सौराहा लगायत चितवनका विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकको संख्या बढ्दै गएपछि पर्यटकहरुको चितवन बसाई सहज र सुविधाजनक बनाई पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन विकास समिति स्थापना गरियो ।

जिल्ला विकास समिति चितवनको अगुवाई र होटल व्यवसायीहरुको सक्रियतामा वि.सं. २०५७ सालमा चितवन पर्यटन विकास स्थापना गरिएको हो । समितिको स्थापनापछि चितवनको पर्यटन प्रवद्र्धनमा सहजता भएको छ । समितिले विभिन्न पर्यटकीय गन्तव्यहरुको उजागार गरी उक्त ठाउ“को प्रवद्र्धन गर्न टेवा पु¥याएको छ । समितिमा प्रयाप्त स्रोत साधन हुन नसक्दा सोचे अनुरुप काम गर्न सकिएको छैन ।

प्रश्न ः पर्यटन र होटल व्यवसायलाई कसरी बुझ्नु भएको छ ?

उत्तर ः पर्यटन व्यवसाय भनेको एक विशाल क्षेत्र हो । पर्यटन व्यवसायभित्र पनि विभिन्न क्षेत्रहरु छन् । कुनै ठाउं घुम्न, मनोरञ्जन लिन, अवलोकन भ्रमण आदि उद्देश्यले आएका पर्यटकहरुलाई भरपुर मनोरञ्जन सहित उनीहरुको बसाई सुखाई बनाउनु पर्यटन व्यवसाय हो भने होटल व्यवसाय भनेको पर्यटन व्यवसायको एउटा पाटो मात्रै हो । अर्थात होटल व्यवसाय पर्यटन व्यवसायभित्र पर्दछ । नेपालकै सन्दर्भमा पर्यटन व्यवसाय राज्यको मुख्य आम्दानीको स्रोत मध्येको एक बन्न पुगेको छ । होटल व्यवसाय पर्यटनसंग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय भएकोले पर्यटक आकर्षण गर्न होटल व्यवसाय सफा, सुग्घर र सेवा सुविधा र व्यवसायीहरु अनुशासित हुन जरुरी हुन्छ । पर्यटकहरुलाई अतिथि (पाहुना) को रुपमा लिइन्छ । पाहुनाको स्वागत, सत्कार गर्न सके मात्र पर्यटन व्यवसायीहरुको मुलमन्त्र अतिथि देवो भवःले सार्थकता पाउंछ ।

प्रश्न ः चितवनमा पर्यटनको सम्भावना र चुनौतीहरु ?

उत्तर ः विशेषत चितवनको पर्यटकीय क्षेत्रको उजागर एवं प्रवद्र्धन गरी आईपरेका चुनौतीहरुसंग जुध्नको लागि नै पर्यटन व्यवसायीहरु एकजुट एवं एकतावद्ध भएका हौं । चितवन देशकै मुख्य भागमा पर्ने जिल्ला भएकोले यस क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावनाहरु रहेका छन् । सम्भावनाहरुको खोजी र चुनौतीहरुको सामना गर्न सकेमात्र पर्यटन व्यवसायको विकास गर्न सकिन्छ भन्ने हामीले बुझेका छौं । नयां–नयां गन्तव्यहरुको खोजी गरी प्रचारप्रसार एवं संरक्षण गर्ने काममा पनि हामी उत्तिकै लागि रहेका छौं । सूर्योदयको मनोरम दृष्य अवलोकन गर्न पाइने चितवनकै सबैभन्दा अग्लो ठाउ“ सिराईचुली चितवन पर्यटन विकास समितिले नै खोजी गरेको हो । चितवन पर्यटन विकास समिति चितवनको पर्यटन प्रवद्र्धनको लागि सिराईचुली, देवघाट, सौराहालगायतका मुख्य पर्यटकीय स्थानहरुको प्रचारप्रसार र संरक्षणमा विशेष जोड दिदै आएको छ ।

प्रश्न ः चितवनको पर्यटन पहिले र अहिले ?

उत्तर ः जे कुरा पनि शुरुवातको अवस्थामा सामान्य हुने गर्दछ । पहिले चितवनका पर्यटकीय गन्तव्यहरुको बारेमा सीमित व्यक्तिहरुलाई मात्रै थाहा थियो । लक्षित वर्गले त्यसबारे जानकारी पाउन सकेका थिएनन् । चितवनमा पर्यटक भिœयाउन धेरै गाह्रो थियो । शुरुका अवस्थामा ३ प्रकारका पर्यटक थिए । सरकारी इन्ट्रान्जिट र प्याकेज गरी ३ प्रकारका पर्यटक पाउने गरिन्थ्यो । अहिले हरेक नेपाली पर्यटक बनेका छन् । त्यसैगरी चितवन मेडिकल सिटीको रुपमा विकास भइरहेको छ । पहिलेको तुलानामा यहां अहिले पर्यटक आगमन बढ्दै गएको छ । पहिले यातायातका साधनहरु सीमित एवं न्युन थिए साझा वसहरु मात्रै थिए । त्यसैले गर्दा पर्यटक लान ल्याउन धेरै कठिन हुन्थ्यो अहिले त्यो अवस्था छैन । अहिले पर्यटन विकासका पूर्वाधारहरु विकास भइरहेका छन् । तरपनि अझै प्रर्याप्त भएको छैन । पर्यटन व्यवसायमा आवश्यक पर्ने दक्ष, जनशक्ति अझै आवश्यक छ । काम गरिरहेकाहरुलाई पनि सम्बन्धित विषयमा तालिम उपलब्ध गराउन सके पर्यटन व्यवसायलाई थप गुणस्तरीय र व्यवस्थित बनाउन सकिन्छ । विगतका केही वर्षहरुमा त देशको राजनीतिक अवस्थाले पनि पर्यटन व्यवसायमा केही समस्या पारेको थियो । चितवनलाई पर्यटकीय दृष्टिले देशको तेस्रो गन्तव्य भनिदै आएको छ तर मलाई मोफसलको पहिलो गन्तव्य हो जस्तो लाग्छ । किनकि चितवन धार्मिक, सांस्कृतिक प्राकृतिक सम्पदाले अत्यन्तै महत्वपूर्ण छ ।

प्रश्न ः चितवनको पर्यटन प्रवद्र्धन गर्न के गर्नुपर्ला ?

उत्तर ः चितवनको मात्रै नभई सिंगो राष्ट्रकै पर्यटन प्रवद्र्धन गर्न पनि पर्यटन सम्बन्धी आवश्यक पूर्वाधारहरुको विकास हुन जरुरी हुन्छ । पर्यटनस“ग जोडिएका यातायात, होटल तथा रेष्टुरेण्ट, सञ्चार, विद्युत, पथप्रदर्शकलगायतका पूर्वाधारको व्यवस्था गर्न सकेमात्र पर्यटन विकास सम्भव छ । पर्यटन विकासमा देशको राजनीति र शान्ति सुरक्षाले पनि उत्तिकै प्रभाव पारेको हुन्छ । पछिल्लो समयमा कमजोर व्यवस्थापन, कमजोर शान्ति सुरक्षा, अस्थिर राजनीति र पूर्वाधारको कमी पर्यटन विकासको समस्या बन्दै गएको छ ।

Site Login