बिक्रमबाबा

जगतपुरदेखि दक्षिण राप्ती नदी पारी चितवन राष्ट्रिय निकुञ्जभित्र जंगलमा एउटा रुखमुनि बिक्रमबाबाको पूजा गर्ने चलन छ । बिक्रमबाबा अर्थ शक्तिशाली एवम् साहसी अभिभावक भन्ने हुन्छ । बिक्रमबाबालाई थारुहरूले आफ्नो देवता मानी पूजा गर्छन् । थारु, कुमाल, दराइ जातिका मानिसहरूले सन्तान प्राप्त होस् भनी बिक्रमबाबाको पूजा गर्ने गर्छन् । हाल आएर सबै जात तथा समुदायका युवा–युवति, किशोर–किशोरीको बिक्रमबाबातर्फ आकर्षण बढेको छ । भक्तजनहरू आ–आफ्नो मनोकाँक्षा पूरा होस् भनी बिक्रमबाबाको पूजा गर्छन्, परेवा उडाउँछन्, बली चढाउँछन्, यूवा–यूवतीहरू सुखद् दाम्पत्य जीवन, अपेक्षित सन्तान प्राप्तिका लागि मनोरञ्जनात्मक र भोज खाने तरिकाले बिक्रमबाबा जाने गर्छन् । कुनै पनि प्राकृतिक आपद–विपद आइलाग्दा, रोगहरूको प्रकोप बढ्दा, जनतालाई रोग, दूर्घटनाबाट बचाउन यहाँ थारुका पण्डित गुरौले पूजा गर्ने  गर्दछन् । विगतमा सरकारले गुरौलाई जनताको उपचार गर्ने, स्थानीय प्रशासन चलाउने, कर सङ्कलन गर्ने जिम्मेवारी दिइएको देखिन्छ ।

Site Login