सीतामाई (पटिहानी)

भरतपुरदेखि १७ कि.मि. दक्षिणमा अवस्थित पटिहानी गाविस सामाजिक, साँस्कृतिक, धार्मिक एवं प्राकृतिक दृष्टिले महत्वपूर्ण छ । निकुञ्जको काखमा अवस्थित यस पर्यटकीय गन्तव्य स्थल महाभारत पर्वतको भू–भागमा मौसम अनुसार पाइने चरिचरनदेखि दुर्लभ वन्यजन्तुको लागि प्रख्यात छ । आदिवासीहरुको बसोबास रहँदै आएको यस क्षेत्रमा धार्मिक रुपमा सीता माई देवालय स्थल लगायत विक्रम बाबा, कमलपोखरी, शिवालय मन्दिर, गुम्बा आदि महत्वपूर्ण स्थलहरु पर्दछन् । राप्ती नदीको सामिप्यमा अवस्थित वरण्डाभार क्षेत्रको प्रवेशद्वार पटिहानीमा यहाँको संस्कृति, भेषभूषा, हात्तीसार, डुङ्गा सयर, स्थानीय परिकार तथा विभिन्न तालहरुले पर्यटकहरुलाई आकर्षण गर्न सक्दछ । 

Site Login