त्रिवेणी

त्रिवेणी चितवन जिल्लाको दक्षिण–पश्चिम भागमा नेपाल भारत सीमाना नजिकै पर्दछ । नारायणी नदी, सोना नदी र तमोसा नदीको संगमको रुपमा रहेको हुनाले यसलाई त्रिवेणी भनिएको हो । यो हिन्दूहरूको महत्वपूर्ण तीर्थस्थलको रुपमा रहेको छ । सोना नदी र तमोसा नदीलाई सुवर्णभद्र र पूर्णभद्र पनि भनिन्छ । चुरे श्रृंखलाको सामिप्यमा पर्ने यस त्रिवेणीधाममा प्रत्येक वर्ष माघ महिनाको औँसीमा भव्य मेला लाग्दछ । पाँच–सात दिन अघिदेखि नै मेलाको तयारी हुन्छ । यहाँ स्नान गर्दा सम्पूर्ण पापबाट मुक्त हुन सकिन्छ भन्ने जनविश्वास रहेको छ । यहाँ भारत, तिब्बत, सिक्किम, भुटानबाट समेत ठूलो संख्यामा तीर्थयात्रीहरू आउछन् । माघेसंक्रान्ति र चैते दशैंमा पनि यहाँ श्रद्धालु भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ  ।

Site Login