गोद्धक–परशुराम कुण्ड

माडीको रेवा नदीको दक्षिणमा रहेको सोमेश्वर पर्वतको पश्चिमतर्फको अन्तिम शिखरमा परशुराम कुण्ड रहेको छ । प्राचिन किम्वदन्ती अनुसार उक्त कुण्डमा परशुरामले तपस्या गरेका थिए । सोमेश्वर पर्वतबाट झरेका मनोरम झरनाहरुबाट परशुराम कुण्ड वनेको हो । रामनवमी पर्वमा ठुलो मेला लाग्ने यो पवित्रस्थल कुण्डको नजिकै गोद्धक पर्दछ । जहाँ ६ दिन सम्म चैते दशैमा मेला लाग्दछ । द्रौपति कुण्ड, युधिष्ठिरको छाता, प्राचिन राजा विराटको गोठ तथा अपार प्राकृतिक सम्पदाहरु भएको उक्त भूमिलाई वाल्मीकि आश्रमदेखि देवघाटधामसम्म जोडेर प्रवद्र्धन गरि पर्यटन विकास गर्न सकिन्छ ।

Site Login