वाल्मिकि आश्रम

balmikiत्रिवेणीधाम देखि करिब २ कि. मी. पूर्व चुरे पर्वतमा जंगलभित्र रामायणकालिन वाल्मीकि आश्रम रहेको छ । द्धापरयुगमा निर्वासित सीताले लवकुशलाई जन्म दिएको, वाल्मीकि ऋषिले ध्यान गरेको, लवकुशलाई शिक्षा दीक्षा दिएको, सीता पाताल प्रवेश गरेको धार्मिक जन विश्वास रहेको यस पवित्र धार्मिकस्थल अयोध्या, जनकपुर, सेतुबन्धन, लुम्बिनी जस्ता समकालिन क्षेत्र भन्दा संरक्षण र प्रर्वद्धनको दृष्टिले पछि परेको छ । पुरातात्विक, धार्मिक, तथा इतिहासिक महत्व वोकेको यस क्षेत्रमा कुँदिएका ठुला ढुङ्गाहरु तथा शिलालेखहरु प्रशस्त रहेका छन् । आश्रमभित्र हरिहरनाथको मन्दिर छ । जसको दायाँतर्फ वाल्मीकि ऋषि र वायाँतर्फ सीता एवम् लवकुशका मुर्तिहरु स्थापित गरिएका छन् । यस क्षेत्रमा भएका यी पुरातात्विक महत्वका वस्तुहरु संरक्षण गरी देवघाटधामसम्म सञ्जाल स्थापित गर्नसके धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । त्यसैगरी त्रिवेणी धाममा लाग्ने मेला माघे औंशी मेला, रामनवमी मेला अझ व्यवस्थित गरि भारतीय पर्यटकको संख्या वृद्धि गर्न सकिन्छ

Site Login