देवघाटधाम

devghat नारायणगढदेखि करिव ६ कि.मि. उत्तरमा त्रिशुली र कालिगण्डकीको पवित्र संगमस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । शान्ति र आधात्मिक उन्नयनको लागि अति महत्वपूर्ण यस क्षेत्रमा नदि, हरिया पहाडहरुका सुन्दर परिदृश्य लगायत जैविक विविधता अवलोकन गर्न सकिन्छ । हिमवत्सखण्ड नेपाल महात्म्यमा उल्लेख भए अनुसार देवताका पनि देवता महादेव शंकर आफ्ना गणहरुका साथ यहाँ बस्नुहुन्थ्यो त्यसैले यसको नाम देवती रहन गएको हो । गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा पशुपतिनाथको दर्शन गर्न आउने हिन्दु धर्मावलम्बीहरुलाई वा भारतीय पर्यटकलाई आकर्षण गरि जलमार्गबाट गोलाघाट हुँदै त्रिवेणी धाम वाल्मिकी आश्रमसम्म पु¥याउन सके यसले पर्यटकको चितवन बसाई अवधि बिस्तार गर्न सकिन्छ । स्कन्ध पुराण हिमवत्सखण्डको अध्याय ४४ पृष्ठ ९९ मा उल्लेख भए अनुसार पुथ्वीमा भएका तीर्थस्थल मध्ये सबैभन्दा फलदिने पवित्रस्थल देवघाट संगम हो भन्ने कुरा भारतीय हिन्दु तीर्थालु समक्ष प्रवद्र्धन गर्न सके पर्यटकको संख्या वृद्धि गर्न सकिन्छ । तनहुँ, नवलपरासी र चितवन तीनवटा जिल्लामा करिब ५४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य स्थलको रुपमा व्यापक प्रचार प्रसार गर्नु अपरिहार्य देखिन्छ । यसैगरि वि.सं. २०१४ सालमा फेला परेको गणेशको मूर्ति स्थापना गरि ११ वटा मन्दिर सहित सुन्दर पार्कको रुपमा विकास गरिएको गणेशस्थान, मौलाकालिका लाखौं पर्यटक आकर्षण गर्ने मनकामना, शिवघाट, भोजबाबा आदि पर्यटकीय दृष्टिले महत्वपूर्ण मान्छिन् । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मथलो लुम्बीनिसँग भरतपुर–१०, स्थित तिनखोले महाबौद्ध गुम्बालाई समन्वय गरी लुम्बिनी आउने पर्यटकलाई चितवनमा आकर्षण गर्न सकिन्छ ।

Site Login