सिराइचुली उपरदाङ्गगढी

  महाभारत पर्वत श्रृंखला अन्तरगत चितवन जिल्लाको सबैभन्दा अग्लो (१९४६ मि.) स्थान सिराइचुली जानको लागि पृथ्वी राजमार्गको हुग्दीबाट ५ घण्टाको पैदल यात्रामा चेपाङ्ग, होम स्टे भएको हात्तीवाङ्ग हुंदै पुग्न सकिन्छ । त्यसैगरी दक्षिणतर्फ चितवन चेपाङ्ग पहाडी पदयात्रा मार्गको मूख्य प्रवेशद्वार शाक्तिखोरबाट ज्यान्डालाको उकालो  हुंदै  करिब ७ घण्टाको पैदलयात्राबाट पुग्न सकिन्छ । सुर्योदय हेर्ने रमणीय स्थल सिराइचुलीबाट हिम श्रृंखला, लालिगुराँसको जंगल, चेपाङ्ग बस्तिहरु, चितवनको समथर फाँट आदि देख्न सकिन्छ । आदिवासी चेपाङ्ग, जातिको परम्परा मौलिक संस्कृति, भेषभूषा तथा सुन्दर पहाडी क्षेत्रमा दुर्लभ चराहरु अवलोकन गर्न सकिने यहि क्षेत्रमा २५५ वर्ष पहिले पृथ्वीनारायण शाहका नाती शत्रुभञ्जन शाहबाट निर्माण गरिएको ठूलो किल्ला उपरदाङ्गगढी पनि ऐतिहासिक गन्तव्य स्थलको रुपमा रहेको छ । वि.सं. २०१६ सालसम्म चितवन जिल्लाको सदरमुकाम रहेको यो प्राचिन क्षेत्रमा जंगल सफारी र राफ्टीङ्गका लागि आउने पर्यटकलाई  ट्रेकिङ्गको अनुभव प्रदान गर्न सकिन्छ । यसबाट पर्यटकको बसाई अवधि वृद्धि भई आर्थिक आम्दानी बढाउन सकिन्छ ।

Site Login