ज्ञानेश्वर सामुदायिक वन

gyaneshwor ban नारायणगढ बजारदेखि ८ कि.मि. पश्चिममा करिब २०८ हेक्टर क्षेत्रफल ओगेटेको ज्ञानेश्वर सामुदायिक वन नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित भैरहेको छ । दुर्लभ एकसिङ्गे गैडा, हरीण, बँदेल जस्ता वन्यजन्तु एवम् चराचरुङ्गी अवलोकन गर्न सकिने यस क्षेत्र पिकनिक स्पोटको रुपमा प्रख्यात छ । मृग, अजिङ्गर, दुम्सी, बाँदर, गिनीपिग आदि पशुपंक्षी सहितको सानो चिडियाखाना [Mini Zoo] स्थापना भैसकेको यस सामुदायिक वनमा नारायणी नदिको चिसो पानी उपयोग गरी [Swimming Pool ] निर्माण गरेमा चितवनकै आकर्षक पिकनिक पार्कको रुपमा विकास भई आन्तरिक तथा बाह्य पर्यटकले थप मनोरञ्जन प्राप्त गर्न सकिने देखिन्छ ।

Site Login