वीसहजारी ताल

भरतपुरदेखि करिब ६ कि.मि. पूर्व दक्षिणमा बरण्डाभार जंगलभित्र रहेको बिस हजारी ताल विश्व रामसार सुचिमा सुचिकृत भएको प्रख्यात पर्यटकिय गन्तव्य स्थल हो । विभिन्न राष्ट्रबाट बसाइसराई गरी आउने मौसमी चराहरुको आश्रय स्थल यस तालमा गोहि, माछा, अंजिङ्गर पाइन्छ । त्यसैगरी गैंडा, हरिण, रतुवा, बाँदर, पाटेबाघ समेत देख्न सकिन्छ । वि.स. २०२२ सालमा पुर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारी बाट विकसीत भई बीस हजारी ताल भनि नामाकरण गरिएको हो । सम्बन्धित पक्षबाट तालमा भएको जलकुम्भी तथा काडेंझार हटाइ संरक्षण गर्न सके [Night Safari ] केन्द्रको रुपमा विकास गर्न सकिन्छ ।

Site Login