कसरा

 

चितवन राष्ट्रिय निकुञ्जभित्र पटिहानी गा.वि.स. देखि २ कि.मि. दक्षिणमा अवस्थित कसरा धार्मिक स्थल विक्रम बाबा तथा गोहि प्रजनन केन्द्रको रुपमा प्रख्यात छ । चैते दशैंमा १५ दिन सम्म मेला लाग्ने गर्दछ । यस मेलामा आन्तरीक तथा बाहिय गरी धेरै व्यक्तिहरु (आन्तरिक पर्यटक) ले भ्रमण गर्दछन् । राणाकालमा निर्माण गरिएको भवनमा राखिएको आखेटोपहार संग्राहलय, दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी, सर्प, अजिङ्गर, पुतली, गैंडा, हात्तीका अस्थिपञ्जरहरु अवलोकन गर्न सकिन्छ । यसैगरी यस क्षेत्रमा रहेका ताल तलैया विभिन्न प्रजातीका माछा, उभयचर जीव तथा दुर्लभ वन्यजन्तु अवलोकन गर्न सकिन्छ । गोहि प्रजनन केन्द्र अवलोकन गर्न ठुलो सँख्यामा बाह्य पर्यटकहरुको आगमन भएको देखिन्छ ।

Site Login