मेघौली

नेपालको पहिलो निकुञ्ज तथा दुई ठुला नदी नारायणी र राप्तीले तीनतिरबाट घेरिएको सुन्दर टापुको रुपमा अवस्थित पयर्टकीय आकर्षणको केन्द्र बिन्दु मेघौली उदाउँदो पर्यटकिय गन्तव्य स्थलको रुपमा परिचित छ । निकुञ्जको स्थापना गर्नु अगाडि नै वि.स. २०२२ साल देखि नेपालमै सर्वप्रथम जंगल सफारीको शुरुवात गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्धार मेघौलीमा ८ वटा सामुदायिक वनहरु, थारु सांस्कृति संग्राहलय, २५ कि.मि. दुई नदीले घेरिएका किनारहरु, डुङ्गासयर तथा ¥याफ्टिङ्ग, चरा अवलोकन अन्तर्राष्ट्रिय हात्तीपालो [Elephant polo] प्याराजम्पीङ्ग, विभिन्न जातजातिका सांस्कृतिक झलकहरुले प्रख्यात छ ।

नारायणी र राप्ती दुई विशाल नदिको संगमस्थल गोलाघाटमा साँझपख देखिने सूर्यास्त दृश्यावलोकनले पर्यटकहरुलाई अविस्मरणीय प्राकृतिक दृश्यपान गर्न सहयोग गरेको छ । देवघाटधामदेखि त्रिवेणीधामसम्मको धार्मिक पर्यटकीय जलयात्रामा बास बस्नुपर्ने यस स्थलमा आरामदायी रिर्सोट, होटल, लज तथा थारु सामुदायिक होमस्टेमा सुविधा सम्पन्न बसोबासको व्यवस्था गरिएको छ । राधाकृष्ण सामुदायिक वन अन्तर्गत इको पार्कमा निर्माणाधिन असाहय वन्यजन्तु संरक्षण केन्द्र तथा बदहा सामुदायिक वनको इको पिकनिक पार्क मेघौलीका महत्वपूर्ण गन्तव्य स्थल हुन् ।  भरतपुरदेखि २५ कि.मि. पश्चिममा अवस्थित मेघौली क्षेत्रमा संरक्षणमा आधारित पर्यटनको विकास गर्न सके पर्यापर्यटनको विकास हुने देखिन्छ ।

 

Site Login